PahiloPost

Apr 30, 2025 | १७ बैशाख २०८२

लकडाउनमा पनि धमाधम काम : चाबहिल-बौद्ध खण्डमा विद्युतीय तार भूमिगत गर्दै विद्युत प्राधिकरण

लकडाउनमा पनि धमाधम काम : चाबहिल-बौद्ध खण्डमा विद्युतीय तार भूमिगत गर्दै विद्युत प्राधिकरण

अमित मचामसी/पहिलोपोस्ट


काठमाडौं : नेपाल विद्युत प्राधिकरणले लकडाउनको समयमा पनि विद्युतीय तार भूमिगत परियोजनाको काम धमाधम गरिरहेको छ।

चाबहिल जोरपाटी सडकखण्डमा यतिबेला विद्युतीय तार भूमिगत गर्ने काम भइरहेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। प्राधिकरणको महत्वकांक्षी परियोजनाको प्रधानमन्त्री केपी शर्मा ओलीले गत फागुन ५ गते शुभारम्भ गरेका थिए।

नमुना परियोजनाका रूपमा अघि बढाइएको उपत्यकाको अण्डरग्राउण्ड केबलीङको काम पहिलो चरणमा रत्नपार्क, न्युरोड, असन, ठमेल, लाजिम्पाट, महाराजगञ्ज, बानेश्वर, एयरपोर्ट, चाबहिल र बौद्धसम्म गरिदैछ।

प्राधिकरणले ३० महिनाभित्र उपत्यकाको ४०० किमि क्षेत्रका एक लाख घरधुरीमा विद्युतीय तार भूमिगत गरिसक्ने योजना सहित भारतीय कम्पनी केइआई इण्डष्ट्रिजसँग ठेक्का सम्झौता गरेको छ। 



ट्रेन्डिङ पोस्ट

Ncell