PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

संक्रमणको 'सेकेन्ड वेभ'को चुनौतिबीच लकडाउन खुला गर्दै अमेरिकी राज्यहरु



पहिलोपोस्ट

संक्रमणको 'सेकेन्ड वेभ'को चुनौतिबीच लकडाउन खुला गर्दै अमेरिकी राज्यहरु
Getty Image

शुक्रबार अमेरिकामा कोरोना भाइरस संक्रमितको संख्यामा कमी देखियो। त्यहाँको हटस्पट न्यूयोर्कदेखि अन्य सहर एवं राज्यहरुमा संक्रमण संख्या कम देखिएको हो। आइतबार न्यूयोर्कमा मात्रै ३ सय ६७ मानिसको मृत्यु भयो। तर यो यस महिनाको सर्वाधिक कम दैनिक मृतक संख्या भएको गभर्नर एन्ड्र्यु कुमोले बताए

यसैबीच अमेरिकी राज्यहरुमा लकडाउन खुल्ने भएका छन्।

पहिलो चरणमा हेयर सलुन र ट्याटु पार्लरहरु खुला गरिने बीबीसीको रिपोर्टमा जनाइएको छ। जर्जीया, अक्लाहोमा, अलास्का र साउथ क्यारोलिनामा यसअघि नै व्यापारिक संस्थाहरु खुला गरिसकेका छन्।

टेन्नेस्सीले सोमबारदेखि रेस्टुरेन्टहरु खुला गर्न अनुमति दिएको छ। सोमबारदेखि नै मिस्सिसिप्पीमा जारी अनिवार्य लकडाउनको अवधि सकिँदैछ।

मोन्टानाको गभर्नरले आइतबारदेखि नै चर्च खुला राख्ने अनुमति दिएको छ। मेको ७ तारिख देखि रेस्टुरेन्ट र स्कूलहरु पनि खुला गरिने जनाइएको छ।

अर्कान्सास, लोवा, नेब्रास्का, नर्थ र साउथ डाकोटा, उटाह लगायत राज्यहरुमा त लकडाउन अनिवार्य गरिएकै थिएन।

सरकारी अधिकारीहरुले गर्मी रहेसम्म कोरोनाको चुनौती रहने र लकडाउन खुलेपनि सामाजिक दूरी कायम राख्नु पर्ने बताएका छन्। गभर्नरहरुले भनेका छन् – तत्काल सामान्य परिस्थितिमा फर्कन गाह्रो छ। त्यसैले कोरोना भाइरसको जोखिमपूर्ण ठाउँहरुमा भने निषेध जारी रहनेछ।

आइतबारसम्ममा अमेरिकामा ९ लाख ४० हजार मानिसमा संक्रमण पुष्टि भएको छ। जोन होप्किन्स युनिभर्सिटीका अनुसार ५४ हजार संक्रमितको निधन भइसकेको छ।

त्यसैले जनस्वास्थ्य विज्ञहरुले यस अवस्थामा लकडाउन खुला गर्नुले थप जोखिम सिर्जना गर्ने बताएका छन्। भनेका छन् – संक्रमणको 'सेकेन्ड वेभ' सुरु हुनसक्छ।

२ करोड ६० लाख नागरिकले बेरोजगार भत्ताका लागि आवेदन दिए। कुल जनसंख्याको १६ प्रतिशत् मानिस रोजगारविहीन भएपछि लकडाउन खुला गर्ने निर्णय लिइएको हो। एक साताअघि देखि विभिन्न राज्य र सहरमा मानिस कार्यालय, कल कारखाना र संस्थाहरु खोल्नका लागि दवाव दिँदै सडकमा उत्रिएका थिए।

त्यसैले विभिन्न सहरका मेयरहरु समस्या समाधानको फरक उपाय र योजनाको तयारी गरिरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell