PahiloPost

Jan 13, 2026 | २९ पुष २०८२

विश्व स्वास्थ्य संगठनको निर्देशन विपरीत चिलीको कदम, कोरोना मुक्त भएकालाई 'इम्युनिटी सर्टिफिकेट' दिइने



पहिलोपोस्ट

विश्व स्वास्थ्य संगठनको निर्देशन विपरीत चिलीको कदम, कोरोना मुक्त भएकालाई 'इम्युनिटी सर्टिफिकेट' दिइने
Photo Credit : Reuters

विश्व स्वास्थ्य संगठनको निर्देशन विपरित चिलीले कोभिड-१९ मुक्त भएकाहरुलाई विवदास्पद 'स्वास्थ्य प्रमाण पत्र' दिने भएको छ। उक्त प्रमाण पत्र संक्रमण मुक्त भएकाहरुलाई काममा फर्कने अनुमति पत्रका रुपमा दिइने त्यहाँका सहायक स्वास्थ्य मन्त्री पाउला डाजाले बताइन्।

चिलीको उक्त निर्णय पछि विश्व स्‍वास्थ्य संगठनले संक्रमण मुक्त भएकालाई तत्काल प्रमाण पत्र नदिन र काममा नफर्काउन निर्देशन दिएको थियो। भनिएको थियो - एक पटक कोरोना संक्रमण मुक्त भएकाहरु पुन: संक्रमित हुँदैनन् भन्ने प्रमाण छैन। त्यसैले हाललाई कुनै पनि किसिमको प्रमाण पत्र दिनु उचित हुँदैन।

इम्युनिटी प्रमाण पत्र दिने कदमले संक्रमण फैलाउने जोखिम उच्च बनाउने बताइएको थियो।

तर चिलीकी स्वास्थ्य मन्त्रीले एक पटक स्वस्थ भएर फर्किएकालाई पुन: संक्रमण हुने सम्भावना कम रहेकाले उक्त प्रमाण पत्र दिने निर्णय गरेको बताएकी हुन्। भनिन्,'इम्युनिटी सर्टिफिकेट उसलाई फेरि संक्रमण हुँदैन भन्ने प्रमाण होइन। उसले एक पटक कोभिड-१९ विरुद्धको लडाइ जित्यो भन्ने जनाउनका लागि हो।'

चिलीमा हालसमम्म १ सय ८९ संक्रमितको मृत्यु भइसकेको छ। १३ हजार मानिसमा संक्रमण पुष्टि भएको जोन होप्किन्स युनिभर्सिटीको तथ्याङ्क रहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell