PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

टेकुले जाहेरी दर्ता नगर्दा सांसदविरुद्ध उजुरी गर्न के छन् विकल्प?



पहिलोपोस्ट

टेकुले जाहेरी दर्ता नगर्दा सांसदविरुद्ध उजुरी गर्न के छन् विकल्प?

काठमाडौँः पूर्व महानिरीक्षक सर्वेन्द्र खनाललगायत दुई सांसदविरुद्ध अपहरण आरोपमा जनता समाजवादी पार्टीको उजुरी दर्ता गर्ने प्रयास आइतबार निरर्थक भयो। महानगरीय प्रहरी कार्यालय काठमाडौंमा उजुरी दर्ता गर्ने पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईदेखि विभिन्न समयमा देशको मन्त्री समेत उपस्थित हँदा पनि प्रहरीले जाहेरी लिन मानेन।

बुधबार खनाल र नेकपा सासंदद्धय महेश बस्नेत तथा कृष्णकुमार श्रेष्ठले पूर्व स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादवलाई अपहरण गरेर महोत्तरीबाट काठमाडौं ल्याइएको आरोप पार्टीले लगाउँदै आएको छ। त्यसलाई अनुसन्धानको दायरमा ल्याउन  पार्टीले उजुरी दिन खोजेको थियो। तर प्रहरीले घटनास्थल महोत्तरीमा भएको भन्दै उजुरी लिन नमानेपछि नेताहरु एक घण्टासम्म प्रहरीसँग बहस गरेर दर्ता नगरी फर्किएका थिए।

के अब उजुरी दर्ता हुँदैन? उनीहरुलाई अनुसन्धान नै हुँदैन।

मुलुकी फौजदारी कार्यविधि संहितामा सम्वन्धित प्रहरीले उजुरी लिन नमाने के गर्ने भन्ने प्रष्ट उल्लेख गरिएको छ। परिच्छेद २ मा जाहेरी सम्वन्धी व्यवस्था गरिएको छ।

सम्बन्धित प्रहरी कार्यालयले उजुरी दर्ता गर्न नमानेमा जिल्ला सरकारी वकिल कार्यालयमा उजुरी दर्ता गर्न सकिनेछ। अब पार्टीले उजुरी गर्न चाहने हो भने जिल्ला सरकारी कार्यालय काठमाडौंमा उजुरी दिन सक्ने छ।

त्यस्तै सम्वन्धित कार्यालयले उजुरी दर्ता गर्न नमानेको खण्ड माथिल्लो प्रहरी निकायमा समेत उजुरी दिन सक्ने छ। उजुरीसँगै जाहेरी समेत संलग्न गर्न पाइनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell