PahiloPost

Aug 23, 2026 | ७ भदौ २०८३

लकडाउनलाई थप कडाइ गर्न प्रमुख जिल्ला अधिकारीहरुलाई गृहको निर्देशन



पहिलोपोस्ट

लकडाउनलाई थप कडाइ गर्न प्रमुख जिल्ला अधिकारीहरुलाई गृहको निर्देशन

काठमाडौं : गृह मन्त्रालयले सरकारले घोषणा गरेको लकडाउन थप कडाइ गर्न निर्देशन दिएको छ। सोमवार गृह मन्त्रालयले सबै जिल्लाका प्रशासन कार्यालयलाई परिपत्र जारी गर्दै थप कडाई गर्न निर्देशन दिएको हो।

गृहले जारी गरेको परिपत्रमा कुनै पनि सवारी साधनलाई सम्वन्धित निकायले जारी गरेको सवारी पास बिना आवत-जावत रोक लगाउन भनिएको छ।

'सवारी पास नभएका सवारी पनि चलेको पाइएकाले प्रत्येक जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई थप कडाई गर्नु भनेर परिपत्र गरेका हौं,' गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले भने। 

केही दिनदेखि सडकमा अलपत्र परेका मानिसलाई विभिन्न स्थानियतहको निर्देशनमा ओसारपसार गरेको पाइएको छ।

आइतवार बसेको मन्त्रिपरिषद्को बैठकले वैशाख २५ गतेसम्मको लागि लकडाउन लम्ब्याएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell