PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

बाहिर जिल्लाबाट मानिस काठमाडौं छिरेपछि नागढुङ्गा पुगे सिडिओदेखि काठमाडौं प्रहरी प्रमुख

बाहिर जिल्लाबाट मानिस काठमाडौं छिरेपछि नागढुङ्गा पुगे सिडिओदेखि काठमाडौं प्रहरी प्रमुख

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : विराटनगरबाट काठमाडौंका लागि आएका सात बस यात्रु अहिले नागढुंगामा रोकिएका छन्।

कोरोना संक्रमण फैलिने आशंका बढेपछि १ सय ६० जना काठमाडौंका मानिस बोकेर आएका बसलाई प्रहरीले नागढुङ्गामा रोकेको हो। यसरी मानिस रोकिएपछि अहिले जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख, प्रहरी प्रमुख, महानगरीय ट्राफिक प्रहरी प्रमुख थानकोट पुगेका छन्।

गृह मन्त्रालयले आजमात्र सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई पत्रचार गर्दै लकडाउन कडाइ गर्न निर्देशन दिएको छ। विराटनगरमा अलपत्र परेका काठमाडौँका बासिन्दालाई विराटनगर महानगरपालिकाले सातवटा बस रिजर्भ गरेर काठमाडौँ पठाएको थियो।



ट्रेन्डिङ पोस्ट

Ncell