PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

बालुवाटारमा ओली र नेपालबीच भेट, लगत्तै दुई पक्षका नेताहरु छलफलमा



पहिलोपोस्ट

बालुवाटारमा ओली र नेपालबीच भेट, लगत्तै दुई पक्षका नेताहरु छलफलमा

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटघाट भएको छ।

प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालबीच सोमवार बालुवाटारमा छलफल भएको हो। लगत्तै नेपाल पक्ष र ओलीपक्षका नेताबीच छुट्टै छलफलको तयारी भएको छ।

ओली पक्षका उपप्रधानमन्त्री ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली तथा नेपालका तर्फबाट सुरेन्द्र पाण्डे, भीम रावल र रघुजी पन्त छलफलमा सहभागी हुँदैछन्।

पूर्व सभामुख सुवास नेम्वाङका अनुसार आजको भेटको ‍तय आइतवार नै भएको थियो। पछिल्लो विवादका विषयमा छलफल हुने उनको भनाइ छ। नेकपामा पछिल्लो पटक गुटगत छलफलले तिव्रता पाएको छ। आइतवारमात्रै छुट्टाछुट्टै बैठक बसेको थियो। नेपाल समूहले कोटेश्वरमा छलफल गरेको थियो भने ओली समूहले बालुवाटारमा। २० जना स्थायी कमिटी सदस्यहरुले बैठक बोलाउनुपर्ने लिखित माग पेश गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell