PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

पूर्व सचिव उपाध्याय २५ हजार धरौटीमा रिहा



पहिलोपोस्ट

पूर्व सचिव उपाध्याय २५ हजार धरौटीमा रिहा

काठमाडौं : पूर्व सचिव भीम उपाध्यायलाई जिल्ला अदालत काठमाडौंले धरौटीमा रिहा गर्न आदेश दिएको छ। आइतवार उनीविरुद्ध साइबर अपराध मुद्दा दर्ता भएको थियो। पूर्व सचिव उपाध्यायलाई २५ हजार रुपैयाँ छोड्न आदेश आएको छ।

सामाजिक सञ्जाल फेसबुकमार्फत् गाली गलौज गरेको आरोपमा उपाध्यायलाई वैशाख १० गते प्रहरीको केन्द्रीय साइबर ब्यूरोले ललितपुरस्थित निवासबाट नियन्त्रणमा लिई हिरासतमा राखेको थियो।

पूर्वसचिव उपाध्याय र बहालवाला स्वास्थ्य सचिव यादव कोइरालाबीच फेसबुकमा दोहोरी चलेको थियो। त्यसपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

उनको नियन्त्रणसँगै सामाजिक सञ्जालमा प्रहरीको कदमको कडा आलोचना भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell