PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

न्युजिल्यान्डले गर्‍यो कोरोनाविरुद्ध जितको घोषणा, अब अर्थतन्त्र उकास्ने रणनीतिमा प्रम एड्रिन



पहिलोपोस्ट

न्युजिल्यान्डले गर्‍यो कोरोनाविरुद्ध जितको घोषणा, अब अर्थतन्त्र उकास्ने रणनीतिमा प्रम एड्रिन

न्युजिल्याण्डले कोरोना भाइरसको कम्युनिटी ट्रान्समिसन ठप्प पारेको दावी गरेको छ। पछिल्ला केही दिनयता एकाध संक्रमणको केसमात्र फेला परेको उसको दावी छ।

आइतवार यहाँ एक जनामामात्रै कोरोना संक्रमण भेटियो। प्रधानमन्त्री जसिन्दा एड्रिनले कोरोना भाइरस हटाउन सफल भएको दावी त्यसैका आधारमा गरेकी हुन्। उनले कोरोनालाई जितेको बताइन्।

मंगलवारदेखि अति आवश्यक बाहेकको व्यापार, स्वास्थ्य संस्था तथा शैक्षिक संस्थाहरु पुन: संचालनमा ल्याइएको छ। तर, त्यहाँका अधिकारीहरुले अझै धेरैजसो मानिसहरु घरभित्रै बस्नुपर्ने र सामाजिक घुलमिलबाट टाढा रहनुपर्ने चेतावनी दिएका छन्।

'हामी अर्थतन्त्रलाई उकास्न चाहन्छौं तर मानिसलाई सामाजिक घुलमिल हुन भनेका छैनौं,' उनले सरकारी ब्रिफिङमा भनिन्।

उनले कम्युनिटी ट्रासमिसन रोक्न सफल भए पनि अझै सतर्क रहन जरुरी भएको बताइन्।

न्युजिल्याण्डमा १५ सय संक्रमित छन् भने १९ जनाको मृत्यु भएको छ।

त्यहाँका स्वास्थ्य मामिलाका महानिर्देशक एसले ब्लुम्फिल्डले कोरोना जित्ने लक्ष्य पूरा भएको बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell