PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

कंगनाको टिमलाई करोडौंको क्षति



पहिलोपोस्ट

कंगनाको टिमलाई करोडौंको क्षति

कोरोना भाइरसको संक्रमण र लकडाउनले बलिउड बजार प्रभावित छ। विश्व नै ठप्प पार्ने अहिलेको खराब अवस्थाको चपेटामा बलिउड अभिनेत्री कंगना रनावतको टिम पनि परेको छ।

लकडाउनका कारण कंगनाको आगामी फिल्म थलाइवी टिमले ५ करोड रुपैयाँको नोक्सानी भइसकेको छ। अझै लकडाउन खुल्ने सुरुसार छैन। भारतमा अझै एक महिना लम्ब्याउन मुख्यमन्त्रीहरुले प्रस्ताव गरिरहेका छन्। यस्तो बेला कंगनाको टिमले करोडौं क्षति व्यहोर्नुपर्ने भएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार फिल्म थलाइवीका मेकर्सले ५ करोडको क्षति भोगिरहेका छन्। किनकि उनीहरुले स्टूडियो रेन्ट र मेन्टिनेन्सको मूल्य तिर्नु परिरहेको छ। जबकी लकडाउनले काम भइरहेको छैन। थलाइवीको टिमले हैदराबाद स्टूडियोमा ४५ दिनसम्म शूटिङका लागि संसद भवनको सेट बनाएको थियो। तर, जब सेट तयार भयो सँगसँगै लकडाउन पनि। टिमले एक दिन पनि शूटिङ गर्न पाएन। यसकारण मेकर्सले ठूलो क्षतिको सामना गर्नुपरेको छ।

थलाइवीका मेकर्स लकडाउन खुल्ने दिनको पर्खाईमा छन्। किनकि फिल्मसँग जोडिएको आउटडोर शूट पूरा गर्न सकियोस। थलाइवी टिम वर्खायाम सुरु हुनु अगावै आउटडोर शूटिङ सक्न चाहन्छ। वर्षाका कारण सेट खराब हुनसक्छ। यसो भएमा फेरि सेट बनाउनुपर्ने छ। यसबाट मेकर्सको खर्च अझै बढ्नेछ। थलाइवीको टिमले एक सेट चेन्नईमा पनि बनाएको छ। लकडाउनका कारणा यो सेटमा पनि शूटिंग हुन पाएको छैन।

थलाइवीमा कंगना रनावत मुख्य भूमिकामा छिन्। उनी तमिलनाडुकी पूर्व मुख्यमन्त्री जयललिताको भूमिका निभाइरहेकी छिन्। यो फिल्म जयललिताको बायोपिक हो। जसको निर्देशन एएल विजयले गरिरहेका छन्।

यो फिल्म हिन्दीका अलावा तमिल र तेलुगू भाषामा प्रदर्शनमा आउनेछ। फिल्मभन्दा पहिला कंगनाको जयललिता लुक सार्वजनिक भइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell