PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

आजसम्म १०४७१ जनाको कोभिड-१९ पीसीआर परीक्षण



पहिलोपोस्ट

आजसम्म १०४७१ जनाको कोभिड-१९ पीसीआर परीक्षण

काठमाडौं : सोमवारसम्म ५३ हजार ५ सय ३४ को कोरोना परीक्षण गरिएको छ। जसमध्ये १० हजार ४ सय ७१ जनाको मात्र पीसीआरबाट परीक्षण भएको छ। बाँकी ४३ हजार ६३ को र्‍यापिड टेष्ट गरिएको हो। र्‍यापिड टेस्टले दिएको नजिता भने वस्तुनिष्ठ हुन सक्दैन।

गएको २४ घन्टामा २ हजार १ सय ८४ जनाको परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले मिडिया ब्रिफिङमा २० हजार १ सय ९५ जना क्वारेन्टाइनमा रहेको जानकारी दिए।

सोमवारसम्म आइसोलेसनमा १ सय ६ जना रहेका छन्। काठमाडौं उपत्यकाभित्र आइसोलेसनमा ६ जना रहेको उनले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell