PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

र्‍यापिड टेस्टको रिपोर्ट पोजेटिभ आएका केन्द्रीय कारागारका दुई नर्सको कन्ट्याक्ट ट्रेसिङ गरिँदै



पहिलोपोस्ट

र्‍यापिड टेस्टको रिपोर्ट पोजेटिभ आएका केन्द्रीय कारागारका दुई नर्सको कन्ट्याक्ट ट्रेसिङ गरिँदै

काठमाडौं : आरडीटीमा रिपोर्ट पोजेटिभ आएका दुईजना स्वास्थ्यकर्मीको कन्ट्याक्ट ट्रेसिङ थालिएको छ। केन्द्रीय कारागार त्रिपुरेश्वरमा कार्यरत २ जना नर्सको र्‍यापिड टेष्टको रिपोर्ट पोजेटिभ आएको थियो।

वैशाख ९ गते गरिएको परीक्षणमा पोजेटिभ देखिएपछि उनीहरुको थ्रोड स्वाब पीसीआरबाट परीक्षण गरिएको थियो। त्यसले दुवैमा कोभिड-१९ को संक्रमण नरहेको देखाएको थियो।

स्वास्थ्य मन्त्रालयको ब्रिफिङमा आज विशेषज्ञ डाक्टर रोशन पोख्रेलले अहिलेसम्म ५६ जनाको ट्रेसिङ गरिएको बताए। यस्तै, दुई जना स्वास्थ्यकर्मीको सम्पर्कमा आएकालाई पनि सम्पर्कमा आउन मन्त्रालयले आग्रह गरेको छ।

फ्रन्टलाइनमा खटिरहेका स्वास्थ्यकर्मीलाई कोरोनाको शंका लागेमा जाँच गराउन पनि आग्रह गरिएको छ।

पोख्रेलले मन्त्रालयले कोरोनाका लागि सुरक्षा उपकरण आइरहेकाले चिन्ता नगर्न आग्रह गरे। उनले लजिष्टिक अभाव नहुने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell