PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

कोरोना संक्रमणविरुद्ध अक्षय कुमारको फेरि अर्को सहयोग घोषणा



पहिलोपोस्ट

कोरोना संक्रमणविरुद्ध अक्षय कुमारको फेरि अर्को सहयोग घोषणा

अक्षय कुमारले कोरोना भाइरसविरुद्धको लडाइमा थप दुई करोड भारतीय रुपैयाँ सहयोगको घोषणा गरेका छन्।

उनले यसअघि नै भारत सरकारको कोरोना भाइरस रोकथाम कोषमा २५ करोड रूपैयाँ सहयोग दिने घोषणा गरेका थिए। त्यस्तै केही दिनअघि मुम्बई स्थित गेइटी ग्यालेक्सीका सञ्चालक मनोज देसाइमार्फत् सिनेमा हलका कर्मचारीलाई आर्थिक सहयोगको प्रस्ताव समेत राखेका छन्।

सोमबार फेरि उनले मुम्बई पुलिस फाउन्डेसनलाई दुई करोड भारतीय रुपैयाँ सहयोग घोषणा गरेका हुन्। मुम्बईमा ५ हजार बढी संक्रमित छन्। जुन भारतको सर्वाधिक संक्रमित शहर हो।

यस अवस्थामा फ्रन्टलाइनमा उभिएर मुम्‍बईका जनताको सुरक्षका लागि खटिएका प्रहरीलाई सहयोग गर्ने भएका हुन्।

उनले आफ्नो ट्वीटरमार्फत् सहयोग घोषणा गरेका छन्। मुम्बई पुलिसले उनको सहयोगलाई ट्वीटर मार्फतै धन्यवाद व्यक्त गरेको छ।

यसअघि उनले तीन करोड ब्रिहमुम्बई नगर निगम पीपीई खरिद् गर्नका लागि उपलब्ध गराइसकेका छन्।

अक्षय आर्थिक सहयोग साथसाथै सचेतना तथा सावधानीका सन्देश प्रवाहमा पनि सक्रिय छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell