PahiloPost

Apr 23, 2024 | ११ बैशाख २०८१

यात्रीलाई सरकारको दुई थरी नीति : चाबहिलबाट पठाउने, थानकोटमा भने रोक्ने

यात्रीलाई सरकारको दुई थरी नीति : चाबहिलबाट पठाउने, थानकोटमा भने रोक्ने

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं :  लकडाउनको ३५ औं दिन। केही दिनदेखि काठमाडौंमा अलपत्र परेका मानिसलाई विभिन्न स्थानीय तहको निर्देशनमा 'उद्धार' गरिँदैछ। यसरी मानिसहरु ओहोरदोहोर हुँदा संक्रमण फैलिने सम्भावना हुने भन्दै सरकारले एक स्थानीय तहबाट अर्को तहसम्म जानसमेत रोकेको छ। तर, उपत्यका छाडेर बाहिरनेको संख्या घटेको छैन।

गृह मन्त्रालयले सोमवारमात्रै सबै जिल्लाका प्रशासन कार्यालयलाई परिपत्र जारी गर्दै लकडाउनमा थप कडाई गर्न र पास बिनाका सवारी संचालनमा रोक लगाउन निर्देशन दिएको थियो।

तर सरकारको पटकपटक आग्रह र निर्देशनपछि पनि काठमाडौंबाट फर्किने क्रम बढिरहेको छ।

आज बिहानै बिराटनगरबाट आएका मानिसहरुलाई थानकोटमै रोकियो। बिना समन्वय आएको भन्दै उनीहरुलाई काठमाडौं प्रवेश गर्न दिइएन। प्रशासनले प्रवेश गर्न नदिएपछि कति मानिस जंगलको बाटो हिँडेरै काठमाडौं प्रवेश गरे। कति भने अझै थानकोटमै अलपत्र परेका छन्।

यता चाबहिलमा सरकारको फरक रणनीति देखियो। निर्वाध रुपमा मानिसहरु गाउँ जान गाडी चढिरहेका देखिए। रातिसम्म सयौं मानिस चाबहिल हुँदै रामेछाप, दोलखा, सिन्धुपालचोकका लागि हिँडे।



ट्रेन्डिङ पोस्ट

Ncell