A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__usermodelsUser.php.67a3508a815ba7.42208680): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__usermodelsUser.php.67a3508a815ba7.42208680,application/models/proxies/__CG__usermodelsUser.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__reportermodelsReporter.php.67a3508a819938.73518650): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__reportermodelsReporter.php.67a3508a819938.73518650,application/models/proxies/__CG__reportermodelsReporter.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

हेर्दाहेर्दै जल्दै गरेको चिता बगायो बाढीले, भेटिएन शव…
PahiloPost

Feb 5, 2025 | २३ माघ २०८१

हेर्दाहेर्दै जल्दै गरेको चिता बगायो बाढीले, भेटिएन शव…



फूलमाया पुरी

हेर्दाहेर्दै जल्दै गरेको चिता बगायो बाढीले, भेटिएन शव…

काठमाडौं : सोमवार दिउँसो इलाम फाकफोकथुम गाउँपालिकाको वडा ३ स्थित आमचोकको फाकफोक खोलामा स्थानीय रामप्रसाद लकान्द्रीको अन्त्येष्टी चल्दै थियो।

आइतवार दिउँसो घाँस काट्ने क्रममा भीरबाट लडेर सोही खोलामा खसेर मृत्यु भएको थियो उनको।

४० वर्षीय लकान्द्रीको अन्त्येष्टीमा गाउँलेको उल्लेख्य उपस्थिति थियो।

खोलामा पानीको बहाव खासै ठुलो नरहेकोले खोलाको बीचैमा चिता तयार भयो। अन्तेष्टिको प्रक्रियाको अन्तिम चरण चल्दै थियो। करिब २ बजेतिर। चितामा आगो सल्केको केही बेरमै माथिबाट बाढी हाम्फाल्दै आइपुग्यो।

हेर्दाहेर्दै जल्दै गरेको चिता बगायो बाढीले, भेटिएन शव… https://pahilopost.com/content/20200427220055.html

Posted by PahiloPost on Monday, April 27, 2020

पाखामा बसेकाहरु 'बाढी आयो, बाढी आयो' भनेर कराउन थाले। तर, चिता जलाउन बसेकाहरुले पत्याएनन्। जब चिता नजिक धमिलो पानी आइपुग्यो। मलामीहरु भागभाग गर्न थाले। चिता र लकान्द्रीको शव बाढीले हेर्दाहेर्दै बगाएर लग्यो।

 हलिउड फिल्मको दृश्यजस्तो लागिरहेको छ : वडाध्यक्ष पौडेल

आइतवार लडेर निधन भएका लकान्द्रीको हिजै पोष्टमार्टका लागि रबि बजारस्थित अस्पतालमा लगिएको फाकफोकथुम गाउँपालिका वडा ३ का वडा अध्यक्ष राजन पौडेलले बताए।

पौडेलकाअनुसार आज सोमवार दिउँसो १ बजे पोष्टमार्टम गरी सँस्कार गरिएको हो। '२ बजे आगो छोडिएको थियो। चितामा आगो छोडेको करिब १० मिनेटभित्रै बाढी आयो,' उनले भने, ‘बाढी कसरी आयो खै। सपना हो की विपना भन्ने लागिरहेको छ अहिले पनि।’

 पानीसमेत नछिटाएको अवस्थामा बाढी आएको देखेर आफू हेरेको हेर्‍यै भएको वडाध्यक्ष पौडेलले बताए। 'पानी छिट्याएको पनि थिएन। तर एक्कासी बाढी आयो। त्यसो त डाँडामा बसेका केही मलामीले बाढी आयो भने पनि पानी नपरेकाले पत्याउनै मुश्किल भयो,' उनले भने।

आफूले त्यस्तो दृश्य फिल्मतिरमात्रै देखेको पौडेलले सुनाए। भने,

‘बाढीले शव बगाएपछि करिब अढाइ सय जति भेला भएका मलामी नै अचम्मित भएका छन्। यस्तो दृश्य त हामीले हलिउड फिल्म तथा सिरियलमा मात्रै देखेका थियौं।’

उनको चिता बगाएपछि मलामीहरुले शवको खोजी गरेको थियो। तर फेला पार्न सकेन।

दुइ छोराछोरी भएका लकान्द्री अति विपन्न परिवारका हुन्। उनकी श्रीमती बाबुआमा छन् परिवारमा।

बालक पनि बगायो बाढीले

फाकफोक खोलाको बाढीले एक बालकको पनि मृत्यु भएको छ। १३ वर्षीय मनिष लिम्बुको सोही बाढीले बगाउँदा मृत्यु भएको पौडेलले बताए।

खोलामा खेल्ने क्रममा बगाएका बालकको भने शव फेला परेको छ। अहिले ट्याक्टरमा त्यहाँबाट १३ किलोमिटर टाढा रबि बजार लैजाने तयारी भइरहेको उनले बताए। ‘बालकको शव भेटिएकाले पोष्टमार्टमका लागि लान लागिएको हो,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell