PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

दैनिक उपभोग्य सामानमा तोकिएभन्दा बढी मूल्य लिएपछि भाटभटेनीलाई तीन लाख जरिबाना



पहिलोपोस्ट

दैनिक उपभोग्य सामानमा तोकिएभन्दा बढी मूल्य लिएपछि भाटभटेनीलाई तीन लाख जरिबाना

काठमाडौं : दैनिक उपभोग्य सामानमा उल्लेख गरिएभन्दा बढी मूल्य लिएको पाइएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले भाटभटेनी सुपरमार्केटलाई तीन लाख जरिबाना गरेको छ। विभागको टोलीले सोमवार गरेको अनुगमनका क्रममा टंगालस्थित भाटभटेनी सुपरमार्केटले उपभोग्य वस्तु ‘एमआरपी’ भन्दा बढी मूल्य लिई बिक्री गरेको पाइएको थियो।

उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार भाटभटेनीलाई उक्त रकम जरिबाना गरिएको विभागले जनाएको छ। यसैगरी विभागले मूल्य सूची नराखी पसल सञ्चालन गरेको पाइएपछि कपनस्थित एमविटी खाद्य स्टोर्सलाई एक लाख रुपैयाँ जरिबाना गरेको छ।

लकडाउनको समयमा सरकारले जनतालाई उपभोग्य वस्तुको खरिदमा सहजीकरण गर्न भाटभटेनीलगायत ठूला पसल सञ्चालन गर्न अनुमति दिएको छ। विपद्को अवस्थामा उपभोक्ता ठगिने भन्दै विभागले लकडाउनको समयमा पनि बजार अनुगमनलाई तीव्रता दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell