PahiloPost

Aug 23, 2026 | ७ भदौ २०८३

२४ घन्टामा १३०३ ले ज्यान गुमाउँदा अमेरिकामा कोरोनाले मर्नेको संख्या ५० हजार माथि



पहिलोपोस्ट

२४ घन्टामा १३०३ ले ज्यान गुमाउँदा अमेरिकामा कोरोनाले मर्नेको संख्या ५० हजार माथि

पछिल्लो २४ घन्टामा अमेरिकामा १ हजार ३ सय ३ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन्। यससँगै अमेरिकामा कोभिड-१९ का कारण मर्नेको संख्या ५० हजार कटेको छ।

अमेरिकामा ९ लाख ७३ हजार मानिसमा कोरोना संक्रमण पुष्टि भइसकेको छ। दी टाइम्सले संकलन गरेको तथ्याङ्कअनुसार संक्रमितको संख्या अझै माथि पुग्ने देखिन्छ।

विश्वव्यापी रुपमा कोरोनाले २ लाख मानिसको ज्यान लिइसकेको छ। भने झन्डै ३० लाख मानिस यसबाट प्रभावित भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell