PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

उच्च जोखिममा काम : कोरोनाबाट कति सुरक्षित छन् सडकमा खटिएका सुरक्षाकर्मी?



पहिलोपोस्ट

उच्च जोखिममा काम : कोरोनाबाट कति सुरक्षित छन् सडकमा खटिएका सुरक्षाकर्मी?

काठमाडौं : सोमवार बिहानै नागढुंगा चेकपोष्टमा ग १ ख ८१५५ नम्बरको बस हुत्तिएर आयो। ट्राफिक प्रहरीले बसलाई रोके। उनलाई काठमाडौं छिर्न नपाउने बताए। त्यसपछि चालकले आफूसँग रहेको वडाको सिफारिस पत्र देखाउँदै 'छिर्न पाउनुपर्ने' तर्क राखे।

ट्राफिक प्रहरीले वडाको पत्र राम्रोसँग ओल्टाइ पल्टाई गरेर हेरे। भलै उनको हातमा पञ्जा थियो, चालकको मुखमा मास्कसमेत थिएन। बसका चालक जोमसोमदेखि यसरी नै वडाको पत्र देखाउँदै काठमाडौंको नाकासम्म आइपुगेका थिए। कोरोना संक्रमणको जोखिम कायमै रहँदा थोरै पनि सचेत नहुँदा सुरक्षाकर्मी नै जोखिममा त छैनन्?

अहिले ट्राफिक प्रहरी प्रत्येक जिल्लाको गौडागौडामा खटिएका छन्। प्रत्येक चेक प्वाइन्टमा यसरी नै पत्र चेक गरिरहेका छन् उनीहरुले।

सरकारले सर्वसाधारणलाई घरबाट बाहिर ननिस्किन भनिरहँदा त्यही कुरा पलना गराउन प्रहरी भने सडकमा खटिएका छन्। दैनिक मानिससँग सम्पर्क गरिरहेका छन् उनीहरुले। यदि कुनै यसैगरी सम्पर्कका आएका मानिसमा कोरोना संक्रमण रहेछ भए के हुन्छ? प्रहरीमा संक्रमण सर्ने जोखिम सबैभन्दा धेरै छ।

'जोखिम प्रहरीमा नभएको हैन। त्यसको लागि केही व्यवस्था गरेका छौं। तर, जोखिम कम गर्ने उपायहरु अपनाएका छौं,' महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी भीम ढकालले भने।

उपत्‍यकाभित्र मात्र अहिले ११ सय ट्राफिक प्रहरी खटिएका छन्। उनीहरुको काम सडकमा दौडिएका सवारीको चेक गर्नु हो। यसरी चेक गर्दा उनीहरुमा संक्रमण भयो भने अन्य प्रहरीमा पनि सर्न सक्छ। अहिले महाशाखामा करिब ४ सय प्रहरी व्यारेकमा बसेका छन्। 'हामीले ४ सय जना जतिलाई व्यारेकमा राखेका छौं। उनीहरुलाई घर जान दिइएको छैन,' ढकालले भने।

सडकमा खटिएका बाँकी ट्राफिक प्रहरी भने नियमित ड्युटी सकेर घर फर्किने गरेका छन्। महाशाखाले चार सिफ्ट बनाएर ड्युटीमा खटाएको छ। यसरी घरबाट ड्युटीमा आउने ट्राफिकलाई भने व्यारेकमा आउन निषेध गरिएको एसएसपी ढकालले बताए।

'घरबाट ड्युटीमा आएकालाई कार्यालय निछिर्न भनिएको छ। उनीहरु सडकमा खटिएर उतैबाट घर जान्छन्,' एसएसपी ढकालले भने।

ट्राफिक प्रहरीले घरबाट ड्युटी गर्नेलाई घर पायक पर्ने स्थान मिलाएको प्रहरीले जानकारी दिएको छ। यसरी ड्युटी गर्दा व्यारेकमा भएका र घरबाट आउनेमा संक्रमण भइहाले नफैलिने आशंकाले यस्तो गरिएको प्रहरीले जानकारी दिएको छ।

त्यस्तै प्रहरीले सडकमा खटिने प्रहरीको लागि मास्क, पञ्जा लगायत सुरक्षाको सामाग्रीको व्यवस्था गरेको जानकरी दिएको छ। यद्यपि, खटिएका प्रहरीहरु सबैले मास्क लगाएको देखिँदैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell