
काठमाडौं : प्रहरीले आजबाट उपत्यकाभित्र लकडाउन थप कडाइ गरेको बताइरहेको छ।
आज बिहान ८ बजेसम्म लकडाउन उल्लंघन गर्ने १ हजार १ सय ११ जनालाई नियन्त्रणमा लिएको छ। २ सय ८० जना महिला र ८ सय ३१ जना पुरुषलाई नियन्त्रणमा लिएको हो। सबैभन्दा धेरै काठमाडौंबाट नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ। गृह मन्त्रालयले सोमवार परिपत्र जारी गर्दै सबै जिल्लामा लकडाउन थप कडाई गर्न निर्देशन दिइसकेको छ।
त्यस्तै सम्बन्धित निकायले लकडाउनको समयमा जारी परेको सवारी पास नलिइ कुदाइएका ९८ वटा सवारीसाधन सहित मानिस पनि नियन्त्रणमा लिएको छ। उनीहरुलाई सडका तीन घण्टासम्म राखेर घर पठाउने गरेको छ।
त्यस्तै अत्यआवश्यक सवारी बाहेक काठमाडौं भित्रिन रोक लगाएको छ। सोमवार विराटनगरबाट काठमाडौं आएका मानिसलाई पनि फिर्ता गरेको प्रहरीको दावी छ।