PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

कोरोना मुक्त भएर काममा फर्किएका बेलायती प्रधानमन्त्री भन्छन् : भाइरस संक्रमणको छाललाई फर्काउने समय भएको छ



पहिलोपोस्ट

कोरोना मुक्त भएर काममा फर्किएका बेलायती प्रधानमन्त्री भन्छन् : भाइरस संक्रमणको छाललाई फर्काउने समय भएको छ
Photo : Reuters

बेलायत कोरोना भाइरसको उच्च जोखिममा रहेको त्यहाँका प्रधानमन्त्री बोरिस जोनसनले बताएका छन्। उनले देशमा कोभिड-१९ संक्रमण रोकथामका लागि जारी लकडाउनसँग नआत्तिन सुझाव समेत दिए।

कोरोना भाइरस संक्रमण मुक्त भए पछि उनी सोमबार मात्रै काममा फर्किएका हुन्। तीन साता लामो उपचार पछि फर्किएका उनले भने,'हामीले अब कोरोना भाइरस संक्रमणको छाललाई फर्काउने समय भएको छ।'

जोनसनले तत्काल लकडाउन नखुल्ने समेत जानकारी दिए। क्यान्सर लगायत अत्यावश्यक उपचार सेवाहरु पुन: सञ्चालनमा ल्याउने बताए।

उनले सामाजिक सेवा एवं सुरक्षाका क्रममा कोरोना संक्रमित भइ ज्यान गुमाएकाहरुको परिवारलाई ६० हजार पाउन्ड क्षतिपूर्ती उपलब्ध गराउने घोषणा समेत गरे।

सोमबार मात्र त्यहाँ ३ सय ६० जना संक्रमितको मृत्यु भयो। हालसम्म बेलायती अस्पतालमा संक्रमणकै कारण ज्यान गुमाउनेको संख्या २१ हजार ९२ पुगेको छ। जसमध्य ८२ जना राष्ट्रिय स्वास्थ्य सेवाका कर्मचारी हुन्। १६ जना केयर टेकर समेत रहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell