
भारतमा २९ हजार ४ सय ३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। जोन होप्किन्स विश्वविद्यालयको तथ्याङ्क अनुसार त्यहाँ हालसम्म ९ सय ३४ जना संक्रमितको मृत्यु भइसकेको छ। सोमबार मात्र १ हजार ५ सय ४३ नयाँ संक्रमित देखिएका हुन् भने ६२ जनाको निधन भएको हो।
हालसम्म ६ हजार ८ सय ६९ जना कोरोना मुक्त भएर फर्किएका छन्। बाँकी उपचाररत् छन्।
महासाष्ट्रमा सर्वाधिक धेरै ८ हजार ५ सय ९० जनामा संक्रमण देखिएको छ। यस राज्यमा मात्र ३ सय ६९ संक्रमितको मृत्यु भइसकेको छ। १ हजार २ सय ८२ भने उपचार पछि कोरोना मुक्त भएका छन्।
महाराष्ट्रपछि गुजरात ३ हजार ५ सय ४८ संक्रमितसहित बढी प्रभावित राज्य हो। यहाँ १ सय ६२ संक्रमितको मृत्यु भइसकेको छ।