PahiloPost

Jan 13, 2026 | २९ पुष २०८२

विश्वभर ३० लाख बढी कोरोना भाइरस संक्रमित, अमेरिकामा मात्रै मर्नेको संख्या ५६ हजार नाघ्यो



पहिलोपोस्ट

विश्वभर ३० लाख बढी कोरोना भाइरस संक्रमित, अमेरिकामा मात्रै मर्नेको संख्या ५६ हजार नाघ्यो

विश्वव्यापी माहामारीका रुपमा फैलिएको कोरोना भाइरसबाट ३० लाख ४१ हजार ७ सय ६४ मानिस संक्रमित भएका छन्। जसमध्य २ लाख ११ हजार १ सय ६७ को मृत्यु भइसकेको छ भने ८ लाख ९३ हजार ९ सय ६७ जना संक्रमण मुक्त भएका छन्।

कोरोना भाइरसबाट सबैभन्दा बढी प्रभावित छ अमेरिका। त्यहाँ हालसम्म ९ लाख ८८ हजार मानिसमा संक्रमण पुष्टि भएको छ भने ५६ हजारभन्दा बढी संक्रमितको मृत्यु भइसक्यो।

जोन होप्किन्स युनिभर्सिटीको रिपोर्ट अनुसार इटालीमा संक्रमितको संख्या ९९ हजारभन्दा बढी पुग्यो। त्यस्तै २६ हजार ९ सय ७७ जनाको मृत्यु भएको छ।

त्यस्तै स्पेनका २९ हजारभन्दा बढी मानिसमा संक्रमण देखिएको छ भने २३ हजार ५ सय संक्रमितको निधन भइसकेको छ। फ्रान्समा संक्रमित संख्या ६५ हजार नाघ्यो। त्यहाँ पनि २३ हजार बढी संक्रमितको मृत्यु भइसक्यो।

संक्रमति संख्या ५८ हजार पुगेपनि त्यहाँको मृत्युदर भने तुलनात्मक रुपले कम छ। संक्रमितमध्य करिव ६ हजार मानिसले ज्यान गुमाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell