PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

उत्तर कोरियाली नेता किमको स्वास्थ्यबारे ट्रम्प भन्छन् : मलाई राम्रोसँग थाहा छ



पहिलोपोस्ट

उत्तर कोरियाली नेता किमको स्वास्थ्यबारे ट्रम्प भन्छन् : मलाई राम्रोसँग थाहा छ
PHOTO : AFP/getty images

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनको स्वास्थ्य अवस्थाबारे जानकार रहेको बताएका छन्।

सोमवारको आफ्नो प्रेस ब्रिफिङमा ट्रम्पले किम कुन अवस्थामा रहेको भन्नेमा आफू राम्रोसँग जानकार रहेको बताए।

उनले भने, 'म तपाईहरुलाई सत्य बताउन सक्दिन। हो मलाई राम्रोसँग थाहा छ। तर, अहिले म यसबारे कुरा गर्न सक्दिन। म किम स्वस्थ रहुन भन्ने प्रार्थना गर्दछु। किम जोङ उनसँग मेरो धेरै राम्रो मित्रता छ।'

ट्रम्पले थपे, 'मलाई थहा छ कि उनी कस्तो अवस्थामा छन्। अगाडि हेर्दै जाउँ। छिट्टै तपाईहरु उनको बारेमा सुन्नुहुनेछ।'

प्रेस कन्फ्रेन्समा ट्रम्पले किम जोङ उनको वर्तमान स्थितिबारे प्रष्ट नबताएर थप अन्योल बढाएको सीएनएनले छन्।

उनले भने, 'किमले शनिवार केही भनेका छैनन्। कसैलाई थाहा छैन कि उनी कहाँ छन्। अहिलेको अवस्थामा उनले यो भनेको होइन। अहिले किमले शनिवार बयान दियो भनेर ब्रेकिङ न्युज बनिरहेको छ। म यो मान्दिन्।'

ट्रम्पको यो वयान किम जोङ उनले शनिवार दिएको भनिएको सन्देशतर्फ लक्षित थियो। सो सन्देशलाई उत्तर कोरियाली सञ्चारमाध्यमले आइतवार प्रकाशित गरेका थिए। यद्यपि सन्देश तत्काल जारी गरिएको भन्ने पुष्टि भएको छैन।

उत्तर कोरियाका नेता किम जोङ उन ११ अप्रिलपछि सार्वजनिक रुपमा देखिएका छैनन्। १५ अप्रिलमा उत्तर कोरियाका संस्थापक नेता किम इल सुङको जन्मोत्सवमा किम नदेखिएपछि उनको बारेमा अन्तर्राष्ट्रिय मिडियामा विभिन्न खबरहरु आइरहेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell