PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

मिसेल ओबामाको अनुभवमाथि डकुमेन्ट्री तयार, नेटफ्लिक्समार्फत् रिलिज हुँदै



पहिलोपोस्ट

मिसेल ओबामाको अनुभवमाथि डकुमेन्ट्री तयार, नेटफ्लिक्समार्फत् रिलिज हुँदै
Photo : Netflix

मिसेल ओबामाले आफ्नो अनुभव समेट्ने डकुमेन्ट्री रिलिजको घोषणा गरेकी छन्। उनले ट्वीटरमार्फत् नेटफ्लिक्सले निर्माण गरेको 'बिकमिङ' आउँदो मे ६ तारिखमा सार्वजनिक हुने बताएकी हुन्। लेखेकी छिन्,'यस डकुमेन्ट्री रिलिजलाई लिएर म निकै उत्साहित छु।'

मिसेल ओबामाले किताब 'बिकमिङ' तयार पार्दाको र पुस्तक सार्वजनिक भइसकेपछिका भेटिएका मानिस, उनीहरुसँगको अनुभव तथा घटनाहरु उक्त डकुमेन्ट्रीमा समेटिने जनाइएको छ। यस डकुमेन्ट्री फिल्मको निर्देशन नाडिया हलग्रेनले गरेकी हुन्।

ओबामाको संस्मरण 'बिकमिङ' सन् २०१८ मा सार्वजनिक भएको थियो। प्रकाशक पेंगुइन र्‍यान्डम हाउसले उक्त पुस्तक एक करोड कपी बिक्री भएको बताएको थियो। बिकमिङको अडियो बुकका लागि उनले 'ग्र्यामी अवार्ड' समेत पाएकी थिइन्। पुस्तकमा उनले ह्वाइट हाउस भित्र रहँदाको अनुभूति र जीवनका अन्य आयामबारे समेटेकी छिन्।

ओबामाले डकुमेन्ट्री रिलिजको घोषणा गरेको ट्वीटमा एक भिडियो पनि राखेकी छिन्। जसमा उनी युवाहरुसँग विभिन्न विषयमा छलफल गरेकी छिन्। एक युवतीले उनलाई सोध्छिन् – ह्वाइट हाउसबाट बाहिरिएपछि जिन्दगी कस्तो छ?

ओबामाले भनेकी छन्,'म अझै आफ्नो बाटो पहिल्याउने कोसिस गर्दैछु।'

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell