PahiloPost

Aug 21, 2025 | ५ भदौ २०८२

लकडाउन कडा पार्न यस्तो चेक, जाँच गर्दा ठाउँठाउँमा गाडीकै जाम !

लकडाउन कडा पार्न यस्तो चेक, जाँच गर्दा ठाउँठाउँमा गाडीकै जाम !

समर्थ रञ्जित/पहिलोपोस्ट


१० दिन थप लकडाउन सुरु हुँदा मुलुक ३५ दिनदेखि ठप्प छ। अति आवश्यक बाहेकका सवारीलाई निषेध गरिएको छ भने मानिसलाई हिँड्डुल गर्न रोक लगाइएको छ। विभिन्न नाकाबाट मानिसहरु आउने र जानेक्रम भने जारी छ। हिजोमात्र पूर्वबाट धेरै गाडी काठमाडौं आए। आएका मानिसहरुलाई प्रहरीले केहीबेर रोके पनि पछि छाड्यो।

लकडाउन केही खुकुलो हुनसक्ने भन्दै मानिसहरुको गतिविधि काठमाडौं उपत्यकाभरि नै बढ्न थालेपछि प्रहरीले लकडाउनलाई थप कडा बनाएको छ। प्रहरी र ट्राफिक प्रहरी दुवैले चेकिङ कडा पारेका छन्। सडक खाली भएकाले तीब्र गतिमा गाडी दौडने तथा चेक गर्न कठिन हुने भएपछि गाडी गुड्ने भागलाई नियन्त्रित गरिएको छ।

त्यही नियन्त्रित भागमा गाडीको गति कम गराएर चेक गराउँदै गर्दा काठमाडौंको सुन्धारा क्षेत्रमा यस्तो भिड देखिएको हो। सुरक्षाकर्मीले गुडेका सवारीको पास पूरै परीक्षण गरेरमात्र छाडिरहेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell