PahiloPost

Jan 13, 2026 | २९ पुष २०८२

थपिए २ कोरोना संक्रमित : जनकपुरमा पीसीआर परीक्षणमा नेगेटिभ आएको युवाको रिपोर्ट टेकुमा देखियो पोजेटिभ



पहिलोपोस्ट

थपिए २ कोरोना संक्रमित : जनकपुरमा पीसीआर परीक्षणमा नेगेटिभ आएको युवाको रिपोर्ट टेकुमा देखियो पोजेटिभ

काठमाडौं : रौतहटमा दुई जनामा कोरोना पोजेटिभ देखिएको छ।

बृन्दावन नगरपालिका कोरिनियापुरका २५ वर्षका पुरुष र देवाही गुनाहीका ३५ वर्षका पुरुषको पीसीआर रिपोर्ट पोजेटिभ देखिएको हो।

चन्द्रपुर नगरपालिकाको क्वारेन्टाइनमा राखिएका युवामा पीसीआर रिपोर्ट पोजेटिभ आएको बृन्दावन नगरपालिकाका मेयर रामस्नेही राय यादवले जानकारी दिए।

'जनकपुरमा एक पटक पीसीआर गरिएको थियो त्यसमा नेगेटिभ थियो तर फेरी टेकुमा पोजेटिभ आएको छ,' उनले भने।

वैशाख ६ गते गरेको परीक्षणमा रिपोर्ट नेगेटिभ आएको थियो।

रिपोर्ट पोजेटिभ आएसँगै कन्ट्याक्ट ट्रेसिङको काम अघि बढिसकेको यादवले बताए।

प्रादेशिक ल्याब जनकपुरबाट पीसीआर रिपोर्ट नेगेटिभ आएपछि उनलाई घर पठाइएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell