PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

प्रधानमन्त्री भेट्न प्रचण्ड पुगे बालुवाटार



पहिलोपोस्ट

प्रधानमन्त्री भेट्न प्रचण्ड पुगे बालुवाटार

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाटका लागि प्रचण्ड बालुवाटार पुगेका हुन्।

नेकपामा पछिल्लो पटक सचिवालय र स्थायी कमिटी बोलाउनुपर्ने माग छ। सोमवार मात्रै ओली र नेपाल समूहका नेताहरु मंगलवार सचिवालय बैठक बस्ने निष्कर्षमा पुगेका थिए। तर, अहिलेसम्म सचिवालय बैठक डाकिएको छैन। पार्टी बैठक र पछिल्लो राजनीतिक घटनाक्रमका बिषयमा छलफलका लागि प्रचण्ड बालुवाटर पुगेका हुन्।

सोमवार प्रधानमन्त्रीले वरिष्ठ नेता माधवकुमार नेपालसँग छलफल गरेका थिए। यतिबेला नेकपामा गुटगत छलफलले तिव्रता पाएको छ। सोमवार नै ओली र नेपाल समूहबीच छलफल भएको थियो भने अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता झलनाथ खनालबीच छलफल भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell