PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

सांसदविरुद्ध जाहेरी दिन जसपा पुग्यो सरकारी वकिल कार्यालयः नेतालाई जवाफ, ‘प्रहरीले दर्ता नगरेको प्रमाण नभई प्रक्रिया अघि बढ्दैन’



पहिलोपोस्ट

सांसदविरुद्ध जाहेरी दिन जसपा पुग्यो सरकारी वकिल कार्यालयः नेतालाई जवाफ, ‘प्रहरीले दर्ता नगरेको प्रमाण नभई प्रक्रिया अघि बढ्दैन’

काठमाडौँः आफ्ना सांसद अपहरण भएको भन्दै जनता समाजवादी पार्टी नेपाल पछिल्लो केही दिनयता जाहेरी दर्ताको प्रक्रियामा छ। पूर्व प्रहरी प्रमुख सर्वेन्द्र खनाल, र बहालवाला सांसदद्वय महेश बस्नेत र कृष्णकुमार श्रेष्ठविरुद्ध पार्टीले जाहेरी दर्ताको प्रक्रिया अघि बढाएको थियो।

आइतबार महानगरीय प्रहरी परिसर टेकुमा जाहेरी दर्ताका लागि पार्टी नेताहरु पुगे पनि दर्ता इन्कार भएको थियो। 

प्रहरीले घटनाको क्षेत्राधिकार महोत्तरी भएको भन्दै जाहेरकर्तालाई फर्काएको थियो। सोपछि सोमबार पार्टी नेता बाबुराम भट्टराई लगायतले महान्यायाधिवक्ता अग्नि खरेलसँग पनि परामर्शको प्रयास गरेका थिए। तर, परामर्श भएन। 

मंगलबार पार्टीका नेताहरु जिल्ला सरकारी वकिल कार्यालयमा जोहरीसहितको निवेदन लिएर पुगेका छन्। नेताहरु बाबुराम भट्टराई, राजेन्द्र महतो, अशोरक राई, शरतसिंह भण्डारी सरकारी वकिल कार्यालय पुगेका छन्। 

द्धिपक्षीय छलफल जारी छ। सरकारी वकिल कार्यालयले भने आधारभूत रुपमा जाहेरी बुझ्ने निकाय प्रहरी भएकाले प्रहरीले दर्ता इन्कार गरेको लिखित प्रमाण नभएसम्म कारबाही अघि बढ्न नसक्ने जवाफ दिएको छ। फौजदारी कार्यविधि संहितको परिच्छेद २ मा प्रहरीले जोहरी लिन नमाने सोको जानकारीसहित एक तह माथिल्लो प्रहरीको निकाय वा सरकारी वकिल कार्यालयमार्फत जाहेरी दर्ता गर्न सकिने व्यवस्था छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell