PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

बाबुरामलाई युवा संघको चेतावनी, नेताहरुको मानमर्दन जारी रहे साइबर क्राइममा मुद्दा



पहिलोपोस्ट

बाबुरामलाई युवा संघको चेतावनी, नेताहरुको मानमर्दन जारी रहे साइबर क्राइममा मुद्दा

काठमाडौँः आफ्ना नेताहरुविरुद्ध अनर्गल रुपमा प्रचार गरी मानमर्दन गरेको भन्दै राष्ट्रिय युवा संघ नेपाल र अनेरास्ववियुले जनता समाजवादी पार्टीका नेताहरुविरुद्ध साइबर क्राइममा मुद्दा दायर गर्ने चेतानी दिएका छन्। नेताहरुविरुद्ध निरन्तर प्रहार भएको भन्दै संयुक्त रुपमा युवा र विद्यार्थीले प्रदर्शन पनि गरेका छन्। 

अनर्गल प्रचार जारी रहे साइबर क्राइममा मुद्दाको प्रक्रिया अघि बढाउने उनीहरुको चेतावनी छ। अनेरास्ववियुका संयोजक ऐन महरले अनर्गल प्रचार नरोके मुद्दाको प्रक्रियामा जाने चेतावनी दिए। 

पूर्व स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवको अपहरणमा संलग्न भएको भन्दै जसपाले नेकपाका सांसदद्वय महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ तथा प्रहरीका पूर्व प्रमुख सर्वेन्द्र खनालविरुद्ध जाहेरी दर्ताको प्रक्रिया अघि बढाएको छ। तर, तीन दिनदेखि निरन्तर प्रयास गरे पनि जाहेरी दर्ता भएको छैन। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell