PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

बालुवाटारमा ओली र प्रचण्डबीच साढे दुई घण्टा वार्ता, सचिवालय बैठकको टुंगो लागेन



पहिलोपोस्ट

बालुवाटारमा ओली र प्रचण्डबीच साढे दुई घण्टा वार्ता, सचिवालय बैठकको टुंगो लागेन
फाइल तस्बिर

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको छलफल विना निष्कर्ष टुंगिएको छ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहाकार सूर्य थापाले छलफल विना निष्कर्ष टुंगिएको जानकारी दिए।

छलफलमा सचिवालय बैठकको मिति पनि टुंगो नलागेको बुझिएको छ। नेकपामा सचिवालय र स्थायी कमिटी बैठक बोलाउन दबाब छ। नेताहरुले बैठकको माग गरिहरहे पनि बैठक बोलाइएको छैन।

प्रचण्ड र ओलीबीच साढे दुई घण्टा वार्ता भएको थियो।

सोमबार ओली र वरिष्ठ नेता माधवकुमार नेपालपक्षबीच आज सचिवालय बैठक बोलाउने छलफल भएको थियो। तर, बैठक अझै अनिश्चित बनेको छ।

२० स्थायी कमिटी सदस्यहरुले लिखित रुपमा बैठकको माग गरेका छन्। सोमबार नै प्रचण्ड र वरिष्ठ नेता झलनाथ खनालबीच बैठक बोलाउन दबाब सिर्जना गर्ने सहमति भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell