PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

कोरोना अपडेट : ५४ हजार ८२६ को परीक्षण, भारतबाट आएका थप दुई जनालाई संक्रमण



पहिलोपोस्ट

कोरोना अपडेट : ५४ हजार ८२६ को परीक्षण, भारतबाट आएका थप दुई जनालाई संक्रमण

काठमाडौं: सरकारले मंगलबारसम्म ५४ हजार ८ सय २६ जनाको कोरोना भाइरस परीक्षण गरेको छ। १० हजार ८ सय ७ को पिसीआर प्रविधिबाट परीक्षण गरिएको हो भने ४४ हजार १९ जनाको आरडिटी गरिएको छ।

१ हजार १ सय ९३ जनाको पछिल्लो २४ घण्टामा कोरोना परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए।

क्वारेन्टाइनमा २२ हजार ९९ जना रहेको मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा देवकोटाले बताए। मंगलबारसम्म आइसोलेसनमा १ सय ७ जना छन्। त्यसमध्ये काठमाडौं उपत्यकामा ४ जना छन्। 

कोरोनाको बारेमा २४ घण्टामा २ हजार ३० जनाले टेलिफोनमार्फत जिज्ञासा राखेका छन्। २८ हजार १२५ ले स्वमूल्यांकन फारम भरेका छन्।

मंगलबार रौतहटमा भेटिएका २ जना कोरोना संक्रमितलाई अस्पताल ल्याउन लागिएको देवकोटाले बताए। उनले भारतबाट आएर क्वारेन्टाइनमा बसेका २ जनालाई कोरोना भएको बताए।

देवकोटाले सीमा नाका बन्द भए पनि भारतबाट लुकेर मानिसहरु आइरहेको बताए। उनले लुकेर आउने र लकडाउनमा बस्न नमान्नेलाई सरकारले कारवाही गर्ने चेतावनी समेत दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell