
तेलेगु सुपरस्टार विजय देवेराकोण्डाले लकडाउन प्रभावित मानिसहरुका लागि सहयोग जुटाएका छन्। उनले दैनिक जिविकोपार्जन ठप्प भएका ४ सय परिवारका लागि ४० लाख रुपैयाँ जम्मा गरेका हुन्।
देवेराकोण्डा फाउन्डेसनमार्फत् २५ लाखको सहयोग घोषणा गरेका थिए। उक्त रकममा उनका दर्शक तथा शुभचिन्तकले थप रकम जम्मा गरे र ४० लाख बनाएका हुन्।
उनले सोमबार ट्वीटरमा लेखेका छन्,'यो मेरा लागि जादुमय घडी हो।' आफूले घोषणा गरेको सहयोग रकममा अरु रकम थप हुनुलाई उनले आम मानिसको एकअर्का प्रतिको प्रेमको संज्ञा दिएका छन्।
संकलित रकमले लकडाउन प्रभावितको घरमा रासन लगायत अन्य आवश्यक सामाग्री खरिद् गरी दिइनेछ। हाल उक्त रकम तेलंगना र आन्द्र प्रदेशमा मात्र उपलब्ध गराउने र चाँडै अन्य राज्यको सहयोग तालिका बारे जानकारी दिने बताएका छन्।
विजयले यसअघि तेलंगना प्रहरीलाई सहयोग हस्तान्तरण गरेका थिए।
#TDF #MCF pic.twitter.com/eVAkYBKY2S
— Vijay Deverakonda (@TheDeverakonda) April 26, 2020