PahiloPost

Jan 13, 2026 | २९ पुष २०८२

सरकारी वकिल कार्यालय परिसरमा समाजवादी र अनेरास्ववियुको नाराबाजी, सडकभर मानिस, लकडाउनको उल्लंघन

सरकारी वकिल कार्यालय परिसरमा समाजवादी र अनेरास्ववियुको नाराबाजी, सडकभर मानिस, लकडाउनको उल्लंघन

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : जिल्ला सरकारी वकिल कार्यालय परिसरमा मंगलबार दुई समूहका कार्यकर्ताले नाराबाजी गरेका छन्। सरकारले घोषण गरेको लकडाउन उल्लंघन गर्दै दुबै समूहले ठूलो संख्यामा भेला भएर नाराबाजी गरेका हुन्। 

प्रहरीले अपहरण जाहेरी नलिएपछि मंगलबार समाजवादीका नेता कार्यकर्ता आफ्ना सांसद डा. सुरेन्द्र यादवलाई अपहरण गरेको भन्दै पूर्वआईजीपी सर्वेन्द्र खनाल, र बहालवाला सांसदद्वय महेश बस्नेत र कृष्णकुमार श्रेष्ठविरुद्ध जाहेरी दर्ता गराउन सरकारी वकिल कार्यालय पुगेका थिए।

वकिल कार्यालयले पनि अस्वीकार गरेपछि समाजवादीका नेता कार्यकर्ता कार्यालय परिसरमा नाराबाजीमा उत्रिएका हुन्।

त्यसैगरी प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध जथाभावी अभिव्यक्ति दिएको, अमर्यादित शब्द प्रयोग गरेको, मानमर्दन गरेको भन्दै समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईविरुद्ध उजुरी दिन सरकारी वकिल कार्यालयअघि पुगेका अनेरास्ववियुका विद्यार्थी नेताहरुले पनि नाराबाजी गरेका छन्।

संयोजक ऐन महर, राष्ट्रिय युवा संघका सहसयोजक रमेश पौडेलको नेतृत्वमा विद्यार्थीहरुले बाबुराम भट्टराईविरुद्ध नाराबाजी गरेका हुन्।

राष्ट्रिय युवा संघ र अनेरास्ववियुका नेता कार्यकर्ताहरु समाजवादीका नेताहरु भट्टराई, हिसिला यमी र आङ्काजी शेर्पाविरुद्ध साइबर क्राइमको मुद्दा दर्ता गर्न सरकारी वकिल कार्यालय पुगेका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell