PahiloPost

Aug 23, 2026 | ७ भदौ २०८३

ज्ञानेन्द्र शाहीलाई रिहा गर्न सर्वोच्चको आदेश



पहिलोपोस्ट

ज्ञानेन्द्र शाहीलाई रिहा गर्न सर्वोच्चको आदेश

काठमाडौँः लकडाउन उल्लङ्घनको आरोपमा पक्राउ परेका ज्ञानेन्द्र शाहीलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ। बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै शाहीलाई रिहा गर्न सर्वोच्चले आदेश दिएको हो।

एक इजलासको आदेशानुसार शाहीलाई मंगलबार अदालतमा उपस्थित गराइएको थियो। न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र मनोजकुमार शर्माको संयुक्त इजलासले उनलाई रिहा गर्न आदेश दिएको हो।

लकडाउन उल्लङ्घनको आरोपमा शाही वैशाख ९ गते ललितपुरबाट पक्राउ परेका थिए। यद्यपि शाहीले भने आफूले राहत वितरण गरेकोमा पक्राउ गरेको बताउँदै आएका थिए।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell