PahiloPost

Jan 24, 2025 | ११ माघ २०८१

युएनएफपिएको चेतावनी : अनिच्छित गर्भधारणमा अत्यधिक वृद्धि हुन सक्छ



रासस

युएनएफपिएको चेतावनी : अनिच्छित गर्भधारणमा अत्यधिक वृद्धि हुन सक्छ

काठमाडौं : राष्ट्र संघीय जनसंख्या कोष (युएनएफपिए)ले कोभिड-१९ को महामारी विश्वव्यापी फैलिरहेको हुनाले धेरै महिलाहरु परिवार नियोजनको पहुँचबाट टाढा रहने तथा अत्यधिक मात्रामा अनिच्छित गर्भधारणको वृद्धि हुने जनाएको छ। युएनएफपिएद्वारा आज जारी नयाँ प्रतिवेदनले महिलाले अनिच्छित गर्भधानको सामना गर्नुपर्ने तथा परिवार नियोजनमा समेत असमर्थ हुने जनाउँदै अगामी महिनामा लैंगिक हिंसा र हानिकारक अभ्यासहरुको चपेटामा पर्नसक्ने प्रक्षेपण समेत गरेको छ।

महिलाको यौन तथा प्रजनन स्वास्थ्यमा कार्यरत निकायका रुपमा युएनएफपिए क्रियाशील रहेका छ। कोभिड-१९ को जोखिमका प्रभाव महिला तथा किशोरीहरुमा धेरै मात्रामा पर्ने, उनीहरुको स्वास्थ्य सुविधामा सीमितता ल्याउने, सोही सीमितताका कारण नियमित जाँच समेत उनीहरुले छाड्न सक्ने र सिंगो स्वास्थ्य प्रणालीमा समेत ठूलो भार पर्न सक्ने प्रतिवेदनले औँल्याएको छ।

प्रतिवेदनमा भनिएको छ, ‘कोभिड-१९ का कारण विश्वव्यापी आपूर्ति व्यवस्थामा आएको अवरोधले महत्वपूर्ण गर्भ निरोधकका साधनको अभाव हुन सक्छ। महिलाहरु घरमै बस्ने हुनाले लैंगिक हिंसा बढ्न सक्छ। महिला तथा किशोरीमा कोभिड-१९ ले थप प्रभाव पर्ने देखाउँछ।’

‘कोभिड-१९ को महामारीले गहिरो असमानता निम्याउँदै छ। लाखौँ महिला तथा किशोरीहरु आफ्नो परिवार नियोजन, आफ्नो स्वास्थ्य र शरीरको सुरक्षा गर्ने क्षमता गुमाउने जोखिममा छन्,’ युएनएफपिएका कार्यकारी निर्देशक डा नाटालिया कनेम भन्छिन्।

महिलाको प्रजनन् स्वास्थ्य सेवा, अधिकारहरु सुरक्षित गर्न, निरन्तर जारी राख्न, आपूर्ति वितरणलाई सहज बनाउन र संकटासन्नहरुलाई सहयोग र संरक्षण गर्न प्रतिवेदनले जनाएको छ।

प्रतिवेदनले मध्य र कम आय भएका ११४ देशहरुका ४७ मिलियन महिला आधुनिक गर्भनिरोधकका साधनबाट वञ्चित हुन सक्ने समेत प्रक्षेपण गरेको छ। लकडाउन ६ महिना लम्बिए तथा स्वास्थ्य सेवा पाउन अवरोध कायम रहेमा ७ मिलियन अनिच्छित गर्भधारण हुने, ३१ मिलियन महिला लैंगिक हिंसामा घटना हुने संभावना औँल्याएको छ। साथै ३ महिनासम्म लकडाउन जारी रहेमा थप २ मिलियन महिला आधुनिक गर्भनिरोधकका साधन प्रयोग गर्न असमर्थ हुने र १५ मिलियन महिला लैंगिक हिंसामा घटना हुने जनाएको छ।

कोभिड-१९ को प्रतिकार्यले बालविवाह अन्त्य र प्रयासलाई समेत बाधा पु¥याएको छ। सन् २०२०–२०३० को बीचमा १३ मिलियन थप बालबिवाह हुने संभावना प्रतिवेदनले देखाएको छ।

प्रतिवेदन भन्छ, ‘ती बालविवाह रोक्न सकिन्थ्यो।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell