PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

मे ११ बाट सञ्चालन हुँदै फ्रान्सका विद्यालय र सार्वजनिक सवारी साधन, फेस मास्क अनिवार्य



पहिलोपोस्ट

मे ११ बाट सञ्चालन हुँदै फ्रान्सका विद्यालय र सार्वजनिक सवारी साधन, फेस मास्क अनिवार्य
Photo : AFP

फ्रान्समा मेको ११ तारिखदेखि लकडाउन लचिलो बन्दैछ। शैक्षिक संस्थाहरु खुल्नेछन्। सार्वजनिक सवारी साधनहरु फेरि सञ्चालनमा आउने छन्। महिनौं पछि लकडाउन खुल्दा मानिसको चहलपहल बढ्ने छ। त्यो अवस्थामा कोरोना भाइरसको सम्भावित चुनौतिविरुद्ध सावधानी अपनाउँदै विद्यालय र सार्वजनिक सवारी साधनमा मास्कको प्रयोग अनिवार्य घोषणा गरिएको छ।

प्रधानमन्त्री एडौर्ड फिलिपले किन्डर गार्टेन्स र निम्न माध्यमिक तह पहिले खुल्ने बताएका छन्। त्यसैले ११ देखि १५ वर्ष उमेर समूहका विद्यार्थीहरुलाई मास्क अनिवार्य गरिएको छ। चाँडै लकडाउन खोलेर सामान्य जीवनमा फर्कने तयारी भएकाले सावधानीका लागि फेस मास्क अनिवार्य बनाइएको बताए।

त्यहाँ मे ११ देखि दैनिक उपभोग्य वस्तुको पसल तथा बजार खुला गरिनेछ। बार र रेस्टुरेन्ट भने बन्दै रहनेछन्। पसलमा पुग्ने मानिसलाई मास्क लगाउन र १ मिटर दूरी कायम राख्न्न आग्रह गर्नु व्यापारीको अधिकार हुने बीबीसीमा जनाइएको छ

बाहिर निस्कनका लागि कुनै प्रमाण पत्र बोक्नु नपर्ने र १० जनासम्म भेला हुन पाइनेछ।

युके, इटाली र स्पेनपछि सर्वाधिक प्रभावितमध्य एक राष्ट्र हो फ्रान्स। त्यहाँ मंगलबार मात्रै ३सय ६७ जना संक्रमणकै कारण मरे। जससँगै संक्रमणकै कारण मर्नेको संख्या २३ हजार ६ सय ६० जना पुग्यो। त्यस्तै १ लाख २९ हजार ८ सय ५९ जना संक्रमित छन्।

आइसियूमा बिरामी घट्नु र मृत्युदरमा कमी आउनाले अप्रिल १४ बाट एक महिना लम्बाइएको लकडाउन थप जारी नराख्ने निश्चित जस्तै छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell