
काठमाडौं : बुधवार पनि प्रहरीले लकडाउनमा थप कडाइ गरेको छ। उपत्यकाबाट लकडाउन उल्लङ्घन गर्ने १६ सय ९७ जना मानिसलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
लडकाउनको समय लम्बिँदै जाँदा सडकमा देखिने मानिसको संख्या पनि बढेको छ। प्रहरीले आज बिहान ८ बजेसम्ममा उपत्यकाभित्रबाट १२ सय ६१ जना पुरुष र ४ सय ३६ जना महिलालाई नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ। नियन्त्रणका लिएका सबैभन्दा धेरै काठमाडौंका रहेका छन्। सोमवार गृह मन्त्रालयले परिपत्र जारी गर्दै लकडाउनलाई थप कडाई गर्न निर्देशन दिएपछि प्रहरीले कारबाही बढाएको छ।
त्यस्तै, प्रहरीले ३ सय ३९ वटा सवारीसाधन समेत नियन्त्रणमा लिएको छ। प्रहरीले अत्यावश्यक कामको लागि हिँडेका मानिसलाई भने नरोकेको जानकारी दिएको छ। लकडाउनको अघिल्लो समयमा भन्दा मंगलवार र आज सवारी नियन्त्रणको सङ्ख्या ह्वात्तै बढेको हो।