PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

भोलि कोरिया जान तयार नेपाल वायुसेवाको उडान स्थगित, कामदारको स्वास्थ्य परीक्षणले रोक्यो चार्टर फ्लाइट



वसन्तराज उप्रेती

भोलि कोरिया जान तयार नेपाल वायुसेवाको उडान स्थगित, कामदारको स्वास्थ्य परीक्षणले रोक्यो चार्टर फ्लाइट

काठमाडौं : नेपाल वायुसेवा निगमले बिहीवार गर्न लागेको काठमाडौं - कोरिया चार्टर उडान स्थगित गरेको छ।

३० तारिखका लागि निश्चित भइसकेको उडान गैर आवासीय नेपाली संगठनले स्वास्थ्य जाँचको माग गरेपछि तत्कालका लागि स्थगित भएको निगमका प्रवक्ता अर्चना खड्काले जानकारी दिइन्।

दुई सय ७४ सिट क्षमताको वाइड बडी जहाजमार्फत् गर्न लागिएको यो उडान अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको उनले जानकारी दिइन्।

‘यो उडान ३० तारिखको लागि निश्चित भइसकेको थियो। उताबाट स्वास्थ्य परिक्षणको माग आएपछि तत्कालका लागि उडान स्थगित गरेका हौं। सबै यात्रुको स्वास्थ्य परीक्षण भएलगत्तै यो उडान हुनेछ,’ प्रवक्ता खड्काले भनिन्।

इपिएस प्रणालीमार्फत् दक्षिण कोरियामा कार्यरत नेपालीहरुलाई लैजानका लागि निगमले उडानको तयारी गरेको भए पनि जानेहरुको स्वास्थ्य परीक्षण (कोरोना संक्रमण नभएको पुष्टि) गर्नुपर्ने भएकाले अहिले उडान रोकिएको हो। त्यसबाहेक यसरी कोरिया जानुपर्ने नेपालीहरु मुलुकका विभिन्न ठाउँमा रहेकाले उनीहरुलाई स्वास्थ्य परीक्षणमात्र होइन, काठमाडौं आइपुग्न पनि सहज अवस्था छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell