PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

कोरोना प्रभाव : अस्कर अवार्डमा 'उत्कृष्ट फिल्म' लगायत अन्य विधाका लागि नयाँ नियम



पहिलोपोस्ट

कोरोना प्रभाव : अस्कर अवार्डमा 'उत्कृष्ट फिल्म' लगायत अन्य विधाका लागि नयाँ नियम

कोरोना भाइरस संक्रमणको गम्भिरतालाई ध्यानमा राख्दै एकेडेमी (अस्कर) अवार्डको पनि केही नियम परिवर्तन भएका छन्। आयोजकले कुनै पनि स्ट्रिमिङ प्ल्याटफर्ममार्फत् सार्वजनिक भएको फिल्म 'उत्कृष्ट फिल्म' विधाका लागि प्रतिस्पर्धाका लागि योग्य ठहरिने बताएको हो।

यसअघि अवार्ड नोमिनेसनका लागि फिल्म लस एन्जलसस्थित सिनेमा घरहरुमा कम्तिमा एक साता प्रदर्शन भएको हुनुपर्थ्यो।

एकेडेमीका अध्यक्ष डेभिड रुबिन र सिइओ डन ह्युड्सनले मंगलबार कोरोना भाइरस संक्रमणको प्रभावका कारण गरिएको परिवर्तनहरु घोषणा गरेको सिएनएनले जनाएको छ

कोरोना भाइरस संक्रमणविरुद्ध सावधानी अपनाउँदै बन्द भएका थिएटर र सार्वजनिक हुन नपाएका फिल्महरुलाई पनि मध्यनजर राख्दै नयाँ नियम लागू गरिएको हो। त्यसैले अस्करमा सहभागी हुनका लागि कुनै पनि फिल्म यसै वर्षभित्र एक साता हलमा प्रदर्शन भएको वा यसै वर्ष रिलिज हुने घोषणा गरिएको हुनु पर्दछ।

आयोजक समूहका स्टेभेन स्पेलवर्गले भने 'स्ट्रिमिङ' र 'थिएटरिकल रिलिज' बीचको फरक कायम राख्न सुझाव दिएका छन्।

आगामी वर्षको अवार्डमा 'साउन्ड एडिटिङ' र 'साउन्ड मिक्सिङ' दुवै एउटै 'साउन्ड' विधामा समावेश गरिनेछ। त्यस्तै यस वर्ष 'उत्कृष्ट विदेशी भाषी' फिल्म विधाका लागि निर्णायक मात्र नभइ अस्कर आयोजक सदस्यहरु सबैले भोट गर्न पाउने छन्।  

यी नियमहरु स्थायी भने होइनन्।

आगामी एकेडेमी अवार्ड समारोह सन् २०२१ को फेब्रुअरी २८ मा हुने तय भएको थियो। जारी विज्ञप्तीमा राष्ट्रिय निर्देशिका, राज्यको नियम अनुरुप उक्त मितिमा पनि फेरबदल हुनसक्ने जनाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell