PahiloPost

Jan 13, 2026 | २९ पुष २०८२

बाराका २ जना र पर्साका १ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५७ पुग्यो



पहिलोपोस्ट

बाराका २ जना र पर्साका १ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५७ पुग्यो

काठमाडौं: बाराका २ जना र पर्साको एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा संक्रमितको कुल संख्या ५७ जना पुगेको छ। यसअघि ५४ जना संक्रमित थिए।

बाराको सिमरा उपमहानगरपालिकाको क्वारेन्टाइनमा बसेका २ जनामा कोरोना संक्रमण देखिएको क्वारेन्टाइन स्रोतले जानकारी दियो। त्यसैगरी एक जना वीरगंजका युवामा पनि कोरोना संक्रमण पुष्टि भएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको पीसीआर परीक्षणमा तीनै जनालाई भाइरस पोजेटिभ देखिएको हो।

क्वारेन्टाइन स्रोतअनुसार तीनै जना नयाँ दिल्लीको तबलिगी जमात समूहको धार्मिक भेलामा सहभागी भएर फर्किएका थिए।

तीनै जनालाई नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमा राखिएको छ। अस्पताल स्रोतका अनुसार तीनै जनाको अवस्था सामान्य छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell