PahiloPost

Sep 8, 2024 | २३ भदौ २०८१

हलिउडसम्म इरफानको यात्रा : लकडाउनले अधुरै रह्यो सपना



पहिलोपोस्ट

हलिउडसम्म इरफानको यात्रा : लकडाउनले अधुरै रह्यो सपना

अभिनेता इरफान खानको ५४ वर्षको उमेरमा मृत्यु भएसँगै उनलाई श्रद्धाञ्जली दिनेक्रम जारी छ। उनको मृत्युको खबरसँगै बलिउड क्षेत्र स्तब्ध बनेको छ। उनको पार्थिव शरीरमा अन्तिमपटक विदाई गर्न धेरै मानिस इच्छुक रहेको तर लकडाउनका कारण त्यो सम्भव नभएको भारतीय मिडियाहरुले जनाएका छन्।

सन् १९८८ मा सलाम बम्बे नाम गरेको क्षेत्रिय फिल्ममा लेटर र्‍याइटरको भूमिकाबाट अभिनय सुरु गरेका इरफानले भारतीय सिनेमा क्षेत्रमा मात्रै नाम बनाएनन्। हलिडउसम्म भारतीय अभियनलाई प्रस्तुत गर्न सफल रहे। स्लमडग मिलिनियर, लाइफ अफ पाई, जुरासिक वर्ल्डमा द एमेजिङ स्पाइडरम्यान लगायतका हलिउड फिल्ममा उनले अहम भूमिका निर्वाह गरेका थिए।

पछिल्लोपटक उनको 'अङग्रेजी मिडियम' नामक फिल्म रिलिज भएको थियो। न्यूरोएन्डोक्राइन ट्युमरको उपचार गरेर स्वदेश फर्किएपछि उनको यो पहिलो फिल्म थियो। त्यसैले उनी यो फिल्मलाई लिएर उत्साहित थिए। तर स्वास्थ्यका कारण उनले फिल्मको प्रोमोशनलाई धेरै समय दिन सकिरहेका थिएनन्। फिल्म प्रदर्शन हुनुअघि इरफानले आफ्ना फ्यानहरुलाई भिडियो सन्देशमार्फत आफ्नो इच्छा र बाध्यता बुझाएका थिए।

'हेलो भाइबाहिनीहरु म इरफान। म आज तपाईहरुसँग छु र छैन पनि। यो फिल्म अङग्रेजी मिडियम मेरो लागि निकै विशेष छ। मेरो भित्रि चाहना थियो कि हामीले जति मिहिनेतका साथ यो फिल्ममा बनायौं त्यसरी नै यो फिल्मको प्रमोट पनि गर्ने इच्छा थियो। तर मेरो शरीरभित्र केही अनवान्टेड पाहुनाहरु बसिरहेका छन्। उनीहरुसँग मेरो वार्तालाप भइरहेको छ। हामीबीच जे भएपनि म तपाईहरुलाई यसबारेमा भन्ने नै छु। एउटा कहावत छ, जब तपाईलाई कागती दिइन्छ तब त्यसको लेमोनेड बनाउनु, तर जति सजिलै हामी बोल्छौं त्यसरी नै गर्न सक्दैनौं। किनभने जब वास्तवमा नै जब जीवनमा तपाईहरुले कागती पाउनु हुन्छ त्यसबाट सिकन्जी बनाउन धेरै गाह्रो हुन्छ। तर हामीसँग सकारात्मक रहनुबाहेकको अर्को विकल्प पनि त छैन। तपाईहरुले कागतीको सिकन्जी बनाउन सक्नुहुन्छ कि हुँदैन त्यो तपाईहरुमा निर्भर गर्छ। तर हामी सबैले यो फिल्मलाई त्यही सकारात्मकताका साथ बनाएका छौं र आशा गर्छु यो फिल्मले तपाईहरुलाई सिकाउनेछ, हसाउँनेछ, रुवाउनेछ र फेरि हसाँउने छ सायद। यो ट्रेलर हेरेर सबै सबैजना एकअर्का सँग मिलेर बस्नुस। फिल्म हेर्नुस र मलाई कुनुर्स।'

इरफान खानलाई थाहा थियो कि उनीसँग धेरै समय छैन। तर उनले हिम्मत हारेका थिएनन्। सकेसम्म आफूले लिएका प्रोजेक्टहरु सकाउन चाहन्थे। तर कोरोना भाइरसको संक्रमण फैलिएसँगै लकडाउनका कारण उनको बाँकी प्रोजेक्टहरु सकाउने सपना अधुरै रह्यो।

लकडाउनबीच मुम्बईको कोकिलाबेन अस्पतालमा आज विहान उनको निधन भयो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell