PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

नेतृत्वलाई पूर्वमन्त्री तामाङको प्रश्न : झोले बनाउँछौ कि पार्टीको झण्डा बोक्ने कार्यकर्ता?



पहिलोपोस्ट

नेतृत्वलाई पूर्वमन्त्री तामाङको प्रश्न : झोले बनाउँछौ कि पार्टीको झण्डा बोक्ने कार्यकर्ता?

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा पूर्व कानुनमन्त्री शेरबहादुर तामाङले पछिल्लो घटनाक्रमबारे नेतृत्वमाथि आक्रोश पोखेका छन्।

उनले बुधवार समाजिक सञ्जाल फेसबुकमा आफूहरुलाई नेताहरुको झोला बोक्ने झोले कि पार्टीको झण्डा बोक्ने इमान्दार कार्यकर्ता भन्दै प्रश्न गरेका हुन्।

तामाङले देश र जनताको पक्षमा काम गर्ने कि व्यक्तिगत स्वार्थ निहीत भन्दै आक्रोश समेत व्यक्त गरेका छन्।

उनी लेख्छन्, 'ए नेताहरु हो! हामीलाई झोला बोक्ने झोले बनाउँछौं कि पार्टीको झण्डा बोक्ने इमान्दार कार्यकर्ता? देश र जनताको पक्षमा इमान्दारिताका साथ काम गर्छौ कि निहीत सत्ता स्वार्थको लागि जोड घटाउमा लाग्छौ? हामीलाई किन यति धेरै पीडा दिन्छौ?'

उनले नेतृत्वको हर्कतले पार्टीका लाखौं कार्यकर्ताको मन रोइहरेको पनि बताए।

उनले अहिले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का लाखौंलाख कार्यकर्ताहरु डरत्रास, आक्रोस, असमन्जस्यता र पीडाको अवस्थामा रहेको जनाएका छन्। 'यो सबै हामी कार्यकर्ताका कारणले होइन। नेताहरुकै कारणले हो,' उनले भनेका छन्।

नेता तामाङले नेतृत्वलाई ससम्मान शालीनतापूर्वक क्रस गरेर अगाडि बढ्न सक्षम र तयार रहेकाले सचेत रहन चेतावनी पनि दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell