PahiloPost

Jun 27, 2026 | १३ असार २०८३

फ्रेन्डस् क्लबका पूर्वखेलाडी पन्थीको कोरोना संक्रमणबाट मृत्यु



पहिलोपोस्ट

फ्रेन्डस् क्लबका पूर्वखेलाडी पन्थीको कोरोना संक्रमणबाट मृत्यु

काठमाडौं : ए डिभिजन क्लब फ्रेन्डस क्लबका पूर्वखेलाडी महेश पन्थीको कोरोना सङ्क्रमणका कारण अमेरिकामा मृत्यु भएको छ।

अमेरिकामा बस्दै आएका उनको उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको हो। उनी एकदशक यता अमेरिकामा बसोबास गर्दै आएका थिए।

फ्रेन्डस क्लबले समवेदना दिँदै एक उत्कृष्ट खेलाडी तथा कार्यकारी समितिका व्यक्ति गुमाएको उल्लेख गरेको छ।

पन्थीको कोरोना सङ्क्रमणबाट मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell