PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

बेलायती प्रधानमन्त्री जोनसन र मङ्गेतर क्यारीलाई पुत्रलाभ



पहिलोपोस्ट

बेलायती प्रधानमन्त्री जोनसन र मङ्गेतर क्यारीलाई पुत्रलाभ

बेलायती प्रधानमन्त्री बोरिस जोनसनलाई पुत्रलाभ भएको छ। जोनसनकी मङ्गेतर क्यारी साइमन्ड्सले आज छोरालाई जन्म दिएको बीबीसीले उल्लेख गरेको छ।

प्रधानमन्त्रीका प्रवक्ताले हाल आमा र बच्चा दुवैको अवस्था स्थिर रहेको बताएकी छिन्।

केही दिनअघि मात्रै कोरोना भाइरसलाई जित्दै काममा फर्केका जोनसन बच्चा डेलिभरी हुने समयमा अस्पतालमा नै थिए। ५५ वर्षीय जोनसनले सन् २०१९ को अन्त्यतिर ३२ वर्षीय साइमन्ड्ससँग इन्गेज्मेन्ट गरेका थिए। गत मार्चमा साइमन्ड्स गर्भवती भएको सार्वजनिक गरिएको थियो।

प्रधानमन्त्री निवास डाउनिङ स्ट्रिटमा बिना विवाह प्रवेश गर्ने उनीहरु पहिलो जोडी हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell