PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

एन्फा वैठक: संकटग्रस्त अवस्थामा रहेका फुटबल कर्मीलाई सहयोग गर्न ३ सदस्यीय समिति गठन



पहिलोपोस्ट

एन्फा वैठक: संकटग्रस्त अवस्थामा रहेका फुटबल कर्मीलाई सहयोग गर्न ३ सदस्यीय समिति गठन

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा) पदाधिकारीहरुको आज बसेको बैठकले ३ सदस्यीय राहत तथा सहयोग समिति गठन गरेको छ।

विश्वब्यापी रुपमा फैलिएको कोरोना संक्रमणले फुटबल खेलेर तथा खेलाएर जीविकोपार्जन गर्दै आएका खेलाडी, रेफ्री, प्रशिक्षक लगायतका फुटबल कर्मीहरु लगायत समग्र फुटबलमा नै नकारात्मक असर परेको एन्फाले ठहर गरेको छ।

‘एन्फामा आवद्द सम्पुर्ण संस्थाहरुलाई (जिल्ला फुटबल संघ, क ख ग श्रेणीका क्लबहरु, खेलाडी, रेफ्री, प्रशिक्षकहरु, महिला संघ) लाई संकटग्रस्त फुटबलकर्मीको सूचि निर्धारित मापद्न्ड अनुसार सचिवालयमा पत्र प्राप्त भएको ५ दिन भित्र संघको सचिवालयमा उपलब्ध गराउने,’ एन्फाको आज बसेको बैठकको निर्णयमा भनिएको छ, ‘र, उक्त सूचीलाई आवश्यक प्रमाणिकरण गरी राहत तथा सहयोग उपलब्ध गराउने।’

त्यस्तै आजको बैठकले संकटग्रस्त अवस्थामा रहेको फुटबल खेलाडीहरु र फुटबल कर्मीलाई सहयोग गर्न रत्नकुमार श्रेष्ठको संयोजकत्वमा ३ सदस्यीय राहत तथा सहयोग समन्वय समिति गठन समेत गरेको छ।

रत्नकुमार श्रेष्ठको संयोजकत्वमा रहेको समितिमा उत्तमकुमार भण्डारी र रुपेश अधिकारी सदस्य छन्।

एन्फाले यसअघि पनि कोरोनाको कहर बढदै गर्दै राहत र सहयोगमा हात अघि बढाएको थियो। एन्फाका विभिन्न जिल्लामा रहेका संरचनाहरुलाई क्वारेन्टाइन बनाउन केन्द्र, प्रदेश र स्थानिय सरकारलाई बाटो खोलेको एन्फाले त्यस पछि ललितपुर महानगरपालिकालाई महामारीको अवधिभरीलाई दुईवटा एम्बुलेन्स सहयोग गरेको थियो। त्यस्तै ए डिभिजन क्लबहरुका विदेशी खेलाडीहरुलाई पनि यसअघि एन्फाले सहयोग गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell