काठमाडौं : सरकारले बुधबारसम्म ११ हजार ५ सय २४ को पिसिआरबाट कोरोना परीक्षण गरेको छ। बितेको २४ घण्टामा ७ सय १७ को पीसीआर गरिएको हो।
मंगलबारसम्म पिसिआरमार्फत १० हजार ८ सय ७ को पिसीआर गरिएको थियो। ४५ हजार ६ सय ६५ को आरडिटी गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रलयले जनाएको छ। कुल ५७ हजार १ सय ८९ को बुधबारसम्म परीक्षण गरिएको छ।
मन्त्रालयको प्रेस ब्रिफिङमा प्रवक्ता विकास देवकोटाले २४ घण्टामा २ हजार ३ सय ६७ को कोरोना परीक्षण गरिएको बताए। बुधबारसम्म २२ हजार ९ सय १ क्वारेन्टाइनमा छन् भने आइशोलेशनमा ८७ जना छन्।
कल सेन्टरमा १ हजार ८ सय ९७ कल आएको र तिनको जवाफ दिसकेको प्रवक्ता देवकोटाले बताए। यस्तै मोबाइल एपबाट २८ हजार ६ सय ९५ ले स्व:मूल्याङ्कनका लागि फारम भरेका छन्।
आयुर्वेद र वैकल्पिक चिकित्सा विधिबाट कसरी इम्युनिटी पावर बढाउन सकिन्छ भन्ने निर्देशिका जारी भएको मन्त्रालयले जनाएको छ।
बारा र पर्सामा भेटिएका ३ जना संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५७ पुगेको छ।
बुधबार बाराका २ जनामा र पर्साका एक जनामा कोरोना पोजेटिभ देखिएको हो। तीनै जनको नारायणी अस्पतामा उपचार भइरहेको छ।
१६ जना सन्चो भएर घर फर्किसकेका छन् भने ४१ जना विभिन्न अस्पतालमा उपचाररत छन्।