PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

नेतृत्वलाई घनश्याम भुसालको सुझाव : 'नहडबडाउँ, संस्थागत संवाद गरौं'



पहिलोपोस्ट

नेतृत्वलाई घनश्याम भुसालको सुझाव : 'नहडबडाउँ, संस्थागत संवाद गरौं'

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य घनश्याम भुसालले पार्टीभित्र बढ्दै गएको समस्याको संस्थागत प्रणालीबाटै समाधान खोज्न नेतृत्वलाई सुझाव दिएका छन्।

कृषिमन्त्री समेत रहेका भुसालले पार्टीमा समस्या बढ्दै गएकाले संस्थागत संवादमार्फत् हल खोज्न आग्रह गरेका हुन्।

भुसालले बुधवार फेसबुकमा स्टाटस लेख्दै नेतृत्वलाई मुलुकको जिम्मेवारी बोध गर्न पनि सुझाएका छन्। पार्टी एकता बचाउन नहडबडाइ संवादको जरुरी रहेको उनको भनाइ छ।

'आज नेकपा असाधारण शक्ति र प्रभावका साथ उपस्थित छ। र यसमा समस्या थपिँदै गएका छन्। समस्याले उपयुक्त समाधान खोज्छ। अनुपयुक्त र गलत प्रयासले समस्यालाई झनै बढाउँछ,' उनी लेख्छन् 'पार्टीको एकता बचाउन, लोकतन्त्र र समाजवादका मूल्यहरुको जगेर्ना गर्न नहडबडाउँ, संवाद गरौं र संस्थागत प्रणालीभित्रै समाधान खोजौं।'

त्यस्तै उनले विगतमा कम्युनिस्ट पार्टीको विभाजनको उदाहरण दिँदै नेकपामा संटकको स्थिति उत्पन्न संकेत गरेका पनि छन्।

लेखेका छन्, ‘०५४ सालमा नेकपा एमाले लोकप्रियताको शिखरमा थियो, फुट्यो। र, २०४७ सालको प्रजातन्त्र अस्थिर हुँदै गयो। ०६४–६५ मा नेकपा माओवादी प्रलयकारी शक्तिका साथ अगाडि आयो। र, विभाजनको प्रक्रियामा गयो।’



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell