PahiloPost

Aug 22, 2025 | ६ भदौ २०८२

नेकपा सचिवालय बैठक सुरु, ओली रक्षात्मक



पहिलोपोस्ट

नेकपा सचिवालय बैठक सुरु, ओली रक्षात्मक

काठमाडौं: सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बैठक सुरु भएको छ।

अध्यादेश प्रकरण, समाजवादी पार्टीका सांसदको अपहरण प्रकरण, सरकारका काम कारवाही र कोरोना भाइरसको प्रभावकारी रोकथाम तथा नियन्त्रण लगायत समसामयिक विषयमा छलफल गर्न प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक सुरु भएको हो।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, सदस्यहरु माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, ईश्वर पोखरेल, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा बादल, विष्णु पौडेल सहभागी छन्।

बैठकमा आफूमाथि बहुमतको प्रश्न उठ्ने देखेपछि ओली समूहले आज दिनभर सांसदको हस्ताक्षर संकलन गरेर रक्षात्मक अवस्था उपस्थित भएको छ। 

बैठक सुरु भए पनि रिपोर्टिंगका लागि पुगेका सञ्चारकर्मीलाई बालुवाटार प्रवेशमा रोक लगाइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell