वीरगंज : लकडाउनको अवधिमा पनि हुन्डी कारोबारी सक्रिय रहेको पाइएको छ। पर्सा प्रहरीले बुधवार अपराह्न साढे ११ लाखसहित एक जनालाई पक्राउ गरेको हो।
वीरगंज-१६ रजतजयन्ती चोकमा भारतबाट आइरहेका एक जनामा जाँच गर्दा उनको साथबाट साढे ११ लाख रुपैयाँ बरामद गरिएको पर्साकी प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिइन्। पक्राउ पर्नेमा वीरगंज-१६ ईनार्वाका २९ वर्षीय सुनिल कुमार यादव रहेका छन्। बरामद गरिएको नगदसहित यादवलाई जिल्ला प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान भइरहेको उनले बताइन्।