PahiloPost

May 19, 2026 | ५ जेठ २०८३

प्रधानमन्त्री निवासको मूल गेटमा पत्रकारको धर्ना, सचिवालय बैठकको समाचार संकलनमा अवरोध



पहिलोपोस्ट

प्रधानमन्त्री निवासको मूल गेटमा पत्रकारको धर्ना, सचिवालय बैठकको समाचार संकलनमा अवरोध

काठमाडौँः समाचार संकलनका लागि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका पत्रकारहरुलाई प्रवेश निषेध गरिएको छ। प्रधानमन्त्री निवासको मूल गेटमा नै पत्रकारहरुलाई रोकिएको छ। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकको समाचार संकलनमा गएका उनीहरुलाई प्रवेश निषेध गरिएको हो। 

बैठक सुरु भएको करिब एक घण्टासम्म प्रवेश दिइएको छैन। सञ्चारकर्मीहरु अहिले मूल गेटमा धर्नामा बसेका छन्। 

लामो विवादपछि नेकपाको सचिवालय बैठक बुधबार साँझ ५ बजेका लागि बोलाइएको थियो। पार्टीका आन्तरिक विवादका कारण प्रधानमन्त्री केपी शर्मा ओली सचिवालय बैठक नबोलाउने पक्षमा थिए। तर, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका अन्य नेताहरु बैठकमा पक्षमा थिए। 

अध्यादेश प्रकरणपछिको आन्तरिक विवादपछि सचिवालय बैठक बस्न लागेको हो। यसअघि अध्यादेश जारी भएकै दिन बैठक बसे पनि ठोस छलफल भएको थिएन। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell